२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


दाङमा सर्पदंशबाट बालकको मृत्यु


0
Shares

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–९, बिजौरी निवासी ९ वर्षीय सुनिल विकको सर्पदंशबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

विषालु सर्पले डस्दा गम्भीर बिरामी परेका उनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुुरले जनाएको छ ।