१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


‘अरुण तेस्रो’मा अवरोध गर्नेलाई आतंककारी घोषणा गर्ने चेतावनी


0
Shares

काठमाडौं, जेठ १६ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको बहुचर्चित परियोजना अरुण तेस्रोको निर्माणमा अवरोध पुर्‍याउने जोकोहीलाई आतंककारी घोषणा गरी कारवाही गर्ने चेतावनी दिएका छन् ।

मुआब्जा नपाएको भन्दै अरुण तेस्रो प्रवेश मार्ग आसपासका प्रभावितहरुले पटक पटक अवरोध गरेपछि आयोजना प्रभावित हुँदै जान थालेको भन्दै उनले त्यस्तो चेतावनी दिएका हुन् ।

जिल्ला प्रशासनमा अरुण तेस्रो प्रवेशमार्गमा अवरोध भएको उजुरी परेपछि सोमबार जिल्ला प्रशासन कार्यालयमा स्थानीयसँग प्रशासनको छलफल भएको थियो ।

‘हालसम्म भएका अवरोधलाई माफी दिएका छौं,’ प्रजिअ अधिकारीले भने, ‘आगामी दिनमा यस्ता विकार विरोधी गतिविधि गर्नेलाई कडा कारवाही गर्नेछौं ।’ –राजधानी दैनिकबाट