२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए


0
Shares

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।

गएराति भएको खेलमा ईटालीका मार्को चेकिनातोसँग पराजित हुँदै जोकोभिच फ्रेन्च ओपनबाटै बाहिरिएका हुन् ।

विश्व वरियतामा ७२ औं स्थानमा रहेको ईटालीयन खेलाडी चेकिनातोले जोकोभिच विरुद्धको खेल ६-३, ७-६, १-६ र ७-६ ले जिते ।

जितसँगै चेकिनातोले अष्ट्रियाका डोमिनिक थियाम विरुद्धको सेमिफाइनल भिडन्त तय गरेका छन् ।

यसको अर्थ फ्रेन्च ओपन टेनिसमा यसपटक कम्तिमा एक जना खेलाडीले पहिलो पटक फाइनल खेल्ने पक्का भएको छ ।

जर्मनीका अलेक्जेण्डर भेरेभलाई सोझो सेटमा हराउँदै थियाम सेमिफाइनलमा पुगेका हुन् ।

फ्रेन्च ओपन टेनिसको महिलातर्फ अमेरीकाकी स्लोआनी स्टेफेन्स र म्याडिसन किज सेमिफाइनलमा पुगेका छन् ।

क्वाटरफाइनलमा रुसकी डारीया कासात्किनालाई ६-३ र ६-१ ले हराउँदै स्टेफेन्स तथा काजखस्तानकी युलिया पुटिनसेवालाई ७-६ र ६-४ ले हराउँदै किज सेमिफाइनलमा पुगेका हुन् ।