
रियाद, कात्तिक २० । साउदी अरेबियाका युवराज मोहम्मद बिल सलमानले परमाणु रियाक्टर बनाउने योजनाको घोषणा गरेका छन् ।
साउदी युवराज मोहम्मदले परमाणु रियाक्टर बनाउने योजनाको आधारसमेत प्रस्तुत गरेको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । तर यो रियाक्टर कस्तो हुने भन्ने खुलाइएको छैन ।
परमाणु रियाक्टर बनाउनुको मुख्य उद्देश्य अनुसन्धान र विकासलाई तिव्रता दिनु रहेको बताइएको छ । साउदी अरबले आगामी दुई दशकभित्र १६ वटा परमाणु रियाक्टर बनाउने योजना बनाएको हो । यसका लागि लगभग ८० अर्ब डलर खर्च हुने अनुमान गरिएको छ ।
कच्चा तेलको सबैभन्दा ठूलो निर्यातकर्ता रहेको साउदी अरबले आफ्ना आवश्यकता तेल र प्राकृतिक ग्यासबाटै धान्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्