
सिंगापुर, जेठ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ‘वान टु वान’ वार्ता समाप्त भएको छ ।
बहुप्रतिक्षित शिखर वार्ताकै सुरुवातमा दुई नेताबीच करिब ५० मिनेट ‘वान टु वान’ वार्ता भएको हो ।
सिंगापुरको सेन्तोसा टापुमा अवस्थित पाँच तारे कापेला होटलमा वार्ता सुरु भएको हो ।
दुवै नेताले हात मिलाउँदै पहिलो पटक प्रत्यक्ष भेटको सुरुवात गरेका हुन् । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच इतिहासमै पहिलोपटक भेट भएको हो ।
‘वान टु वान’ वार्ता अघि दुवै नेताले हात मिलाउँदै तस्वीर खिचाएका थिए । लगत्तै दुवैजना हँसिलो मुद्रामा बैठक कक्षमा प्रवेश गरेका थिए ।
बैठकबाट बाहिरिँदा अमेरिकी राष्ट्रपति ट्रम्प निकै उत्साहित देखिएका छन् । उनले किमसँगको छलफल निकै राम्रो रहेको बताए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्