
सागर महत (इमेज)
सन्धिखर्क, कात्तिक १७ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९, ढिकुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
स्थानीय मदन घिमिरेका चार वर्षीय छोरा आर्यनको चितुवाको आक्रमणबाट शनिबार बेलुका मृत्यु भएको हो ।
घरको आँगनमा खेलिरहेका उनलाई चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए ।
उपचारका लागि सन्धिखर्क अस्पतालमा ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव निरीक्षक खिमबहादुर घमले जानकारी दिए ।
केही दिनअघिमात्र सन्धिखर्क नगरपालिका–८, किमडाँडामा चितुवाको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्