८ भाद्र २०८२, आइतबार | Mon Aug 25 2025


स्थानीय तहका भ्रष्टाचारसम्बन्धी उजुरी बढी पर्न थाल्यो : प्रमुख आयुक्त


0
Shares

नेपालगन्ज, कात्तिक १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले पछिल्लो समय स्थानीय तहमा भएका भ्रष्टाचार तथा अनियमितताका उजुरी बढी परेको बताएका छन् ।

आयोग सम्पर्क कार्यालय नेपालगन्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

यसअघि शिक्षा क्षेत्रमा भएका अनियमितताका उजुरी बढी पर्ने गरेको भन्दै प्रमुख आयुक्त घिमिरेले अहिले उजुरीपछि स्थानीय सरकारका काम–कारबाहीमा पनि निगरानी बढाएको जानकारी दिए ।

कुनैपनि बहानामा अनियमितता गर्नेलाई छुट नदिइने उनले स्पस्ट पारे ।

स्थानीय सरकारहरु कानुन बनाउने संक्रमणकालमा रहेको भन्दै उनले ‘त्यसैको नाममा कसैलाई पनि गलत काम गर्ने छुट छैन’–भने ।

प्रमुख आयुक्त घिमिरेले संघीय कानुनको सीमाभित्र रहन पनि स्थानीय तहका पदाधिकारीलाई आग्रह गरे ।

ठूला आयोजना जिम्मा लिएर अलपत्र पार्ने केही ठेकेदारको सूची आयोगले तयार पारिरहेको भन्दै उनले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीविरुद्ध चुप लागेर नबस्ने चेतावनी पनि दिए ।