११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


तालिवान लडाकु मौलाना समी उल हकको पाकिस्तानमा हत्या


0
Shares

काठमाडौं । तालिवान लडाकुका ‘गडफादर’ मानिने मौलाना समी उल हकको पाकिस्तानमा हत्या भएको छ ।

जमियत उलेमा ए–इस्लामका शाखा प्रमुखसमेत मौलानाको रावलपिन्डीस्थित घरमै हत्या भएको हो । मौलानालाई पाकिस्तानमा तालिवानको जनक मानिन्छन् ।

उनी एक प्रभावशाली धर्म गुरु थिए जसबाट हजारौं तालिबान लडाकुले तालिम लिएका थिए ।

रावलपिन्डीको बहरिया टाउनमा सफारी वन भिलाज इलाकाको घरमा एक्लै भएका बेला अज्ञात समूहले छुरा प्रहार गरी हत्या गरेको रावलपिन्डी प्रहरीले जनाएको छ ।

मौलाना समी उल हकको उमेर ८० वर्षभन्दा बढी भएको बताइएको छ । उनी सन् १९८८ मा दारुल उलुम हक्कानियाको अध्यक्ष बनेका थिए ।

यही मदरसाबाट हजारौं तालिवान लडाकुले इस्लामी शिक्षा हासिल गरेका थिए ।

राजनीतिक विश्लेषकहरुले उनलाई तालिवानको रुहानी नेताको रुपमा लिने गर्दछन् ।(एजेन्सी)