९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार : अस्पताल


0
Shares

काठमाडौं, कात्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारमा रहेका प्रधानमन्त्री ओलीलाई नसाबाट दिइँदै आएको औषधिसमेत बिहीबारदेखि बन्द गरिने उपचार टोलीका संयोजक प्रा. डा. अरुण सायमीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई फिजियोथेरापीसमेत गराइएको डा. सायमीले बताए ।

प्रधानमन्त्री ओलीको बुधबार बिहान सबै परीक्षण गरिएको र सन्तोषजनक नतिजा आएको पनि चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासित मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गरेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीलाई दिइएको एन्टिबायोटिकको ‘डोज’ पूरा भएपछिमात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

चिकित्सकहरुले उनलाई अझै दुई/तीन दिन अस्पतालमै बसेर आराम गर्न सुझाव दिएका छन् ।