
काठमाडौं, कात्तिक १४ । बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘बाघ बचाऔं’ भन्ने सन्देशसहितको एक टोली बाघअंकित पहिरनमा सगरमाथा बेसक्याम्प जाने भएको छ ।
ट्रेक फर बिग क्याट नामक संस्थाले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी बाघको संरक्षण गर्न सचेतना आवश्यक भएकाले यो अभियान सुरु गरेको जानकारी दिइयो ।
टोलीले बुधबारै बाघअंकित पहिरनमा ठमेल क्षेत्रको परिक्रमासमेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्