९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


चितवनमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्री घाइते


0
Shares

चितवन, कार्तिक १४ । चितवनको राप्ती नगरपालिका–२ गड्यौलीमा गएराति एम्बुलेन्सको ठक्करबाट एकजना घाइते भएका छन् ।

गएराति १० बजे ना२च ३०४४ नम्बरको एम्बुलेन्सले राप्ती नगरपालिका–२ कै ४५ वर्षीय देवराज थपलियालाई पैदल हिँडिरहेको अवस्थामा ठक्कर दिएको थियो । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने एम्बुलेन्ससहित चालकलाई ईलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ ।

चितवन कै माडी नगरपालिका–३ शहिदचोकमा हिजो बेलुकी ८ बजे बा६प ६०७२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल चालक स्थानीय ३० वर्षीय लालप्रसाद साह र पछाडि सवार २६ वर्षीय दिलिप साह घाइते भएका छन् । घाइतेद्वयको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।