
नवीन सिंह (इमेज)
जनकपुर, कात्तिक १३ । पूर्वराष्ट्रपति डा. रामवरण यादव चुरे विनास गर्ने खेलमा सरकारको हात रहेको आरोप लगाएका छन् ।
मंगलबार जनकपुरमा आयोजित चुरे संरक्षणसम्बन्धी कार्यक्रममा उनले प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र मदन भण्डारी राजमार्गलगायतका विकासको नाममा चुरे विनास गर्नेतर्फ सरकारउन्मुख भएको बताए ।
चुरे विनासले देशमा पानी, अन्न र अक्सिजनको अभाव हुनुका साथै बाढी, पहिरो, भूक्षयलगायतका समस्या उत्पन्न हुने उनको भनाइ थियो ।
डा. यादवले ‘आफू राष्ट्रपति रहेका बेला चुरे संरक्षणका लागि चुरे संरक्षण कार्यक्रम ल्याएपनि अहिले चुरे विनासमा सरकार नै लागिरहेको छ’–भने ।
उनले चुरे बचाउन प्रदेश नम्बर–२ र चुरे वरिपरि क्षेत्रका तीनओटै तहका सरकारका प्रतिनिधि र सांसदले आ–आफ्नो स्तरबाट पहल गर्नुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया दिनुहोस्