९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


तस्वीरको माध्यमबाट आफ्नो भावना व्यक्त गर्छिन् इनिमा


13
Shares

काठमाडौं, कात्तिक १३ । जन्मदै बहिरो अवस्थामा जन्मिएपनि आफ्ना सौखलाई पूरा गर्न मिहिनेत गर्दै अगाडि बढ्नु सराहनीय हो ।

१७ वर्षीया किशोरी इनिमा यिनैमध्येकी एक हुन्, जो आफ्नो फोटोग्राफीको सौखलाई पेसागतरुपमा अगाडि बढाउन चाहन्छिन् ।

उनले कुनै औपचारिक तालिम नलिएपनि राम्रो तस्वीर खिच्न पोख्त छिन् ।

गत वर्ष लुम्बिनीमा उनको एकल फोटो प्रदर्शनी पनि गरिएको थियो । अहिले कक्षा–१२ मा पढ्दै गरेकी परिवारकी जेठी छोरीलाई उनका आमाबाबुले सामान्य विद्यार्थीमाझ पढाउँदै आएका छन ।

शिक्षककाअनुसार उनी पढाइमा लगनशील र साथीभाइसित मिलनसार छिन् ।

उनलाई आफ्नो वरपरका रोचक दृश्यले आकर्षित गर्छ र त्यस्ता दृश्य तस्वीरमा उतार्नमा उनी रमाउँछिन् ।

आफ्नो विचार बोलीको माध्यमबाट व्यक्त गर्न नसके पनि तस्वीरको माध्यमबाट आफ्नो भावना व्यक्त गर्ने चाहना र अठोटका साथ उनी अघि बढ्दैछिन् ।