९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेट


0
Shares

दीपेन्द्र अधिकारी (रासस)

कतार, कात्तिक १३ । कतारको चारदिने औपचारिक भ्रमणको दोस्रो दिन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच अमिरी दिवान (दरबार)मा भेटवार्ता भएको छ ।

यसअघि, राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवानमा यहाँको सैनिक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

भेटवार्तामा दुई देशबीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउनेलगायत विषयमा छलफल भएको छ ।

अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गरेका छन् ।

मित्रराष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमन्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा छिन् ।