
काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति स्थीर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रा. डा. अरुण सायमिको संयोजकत्वमा प्रा. डा. दिव्यासिंह शाह तथा डा. सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ ।
‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन् । सुगरको लेभल पनि स्थीर छ’–प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे सोमबार साँझ सन्चारकर्मीलाई जानकारी दिँदै प्रा. डा. सायमिले भने ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर उनको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
यसैगरी, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्रीलाई सोमबारै भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिए ।
उनलाई छातीमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसीसीयु)मा सोमबार बिहान ०४ः३० बजे भर्ना गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्