९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


बस र टिपर ठोक्किए, तीनजनाको मृत्यु, २८ घाइते, ७ गम्भीर


0
Shares

बासुदेव वर्मा (इमेज)

अपडेट:

कपिलवस्तु, कात्तिक १२ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गोरुसिंगे जंगलमा सोमबार भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।

दिउँसो करिब २ बजे पश्चिमबाट बुटवलतर्फ जाँदै गरेको लु२ख १४७७ नम्बरको टिपर र बुटवलबाट दाङतर्फ जाँदै गरेको ना६ख २५०० नम्बरको बस एकापसमा ठोक्किएका थिए ।

मृत्यु हुनेमा दाङको गढवा गाउँपालिका–६ बस्ने २१ वर्षीया दुर्गा सुनारको ४ वर्षीय छोरा सुशान्त सुनार, सोही स्थानका २५ वर्षीया पूजा नेपाली र दाङ, गढवा–१ का ५५ वर्षीय बल्ली थारु रहेका ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका बस र टिपरसँगै त्यसका चालकहरु प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रबि रावलले जानकारी दिए ।