
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार एयरको विमानमार्फत् त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले उनलाई बिदाई गरे ।
राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भोलि दोहामा औपचारिक भेटवार्ता हुने तय भएको छ ।
भ्रमण क्रममा नेपाल र कतारबीच द्विपक्षीय हितका विविध विषयमा सम्झौता गर्ने तयारी गरिएको छ ।
कृषि तथा पशुपंक्षी विकाससम्बन्धी, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्