११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


इन्डोनेसियामा विमान दुर्घटना


0
Shares

जकार्ता, कार्तिक १२ । इन्डोनेसियाको लायन एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

बोइङ ७३७ विमान आइतबार जकार्ताबाट उडेको केही समयमै दुर्घटना भएको हो । विमानमा १८८ जना सवार रहेको बताइएको छ ।

अधिकारीहरुका अनुसार विमान उडेको केहीबेर मै विमानस्थल टावरसँग सम्पर्कविच्छेद भएको थियो । समुद्रमाथि उडान गरिरहेको समयमा विमान दुर्घटना भएको हो ।

दुर्घटना भएको जलक्षेत्रमा उद्धारकर्मी पुगिसकेका छन् । समुद्रमा विमानसँग सम्बन्धित सामानहरु फेला परेको बताइएको छ । (एजेन्सी)