
रसुवा, कार्तिक १२ । रसुवाको कालिका गाँउपालिका–४ अम्बासमा गएराति ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चालकसहित तीनजना घाइते भएका छन् ।
प्रहरीका अनुसार गएराति करिब १० बजे बेत्रावतीबाट बालुवा लोड गरि पारच्याङतर्फ जाँदै गरेको बा४ख ८३६६ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा ट्रिपरमा सवार नौकुण्ड गाँउपालिका–३ का ४० बर्षीय कामी तामाङ र १५ बर्षीय प्रकाश तामाङ छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ ।
घाइते भएका चालक रसुवा नौकुण्ड गाँउपालिका–३ का २१ बर्षीय जीवराम थोकर, ट्रिपरमै सवार ३५ बर्षीय सार्की लामा र उनका ११ बर्षीय छोरा अदित तामाङलाई उपचारको लागि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये लामाको अवस्था भने गम्भिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्