
-बासुदेव बर्मा/ईमेज:
कपिलबस्तु । तराई मधेसमा हिन्दु महिलाहरुले मनाउने महान पर्व करवा चौथ शनिवार कपिलबस्तुमा पनि धुमधामका साथ मनाइएको छ ।
कार्तिक मासको कृष्ण पक्षको चतुर्थीमा करवा चौथ पर्व मनाउने गरिएको छ ।
करवा शब्दको अर्थ माटोको भाडा भन्ने हुन्छ भने चौंथ शब्दको शाब्दिक अर्थ चतुर्थी हुन्छ । यो पर्व विवाहित मधेसी महिलाहरुको महत्वपूर्ण पर्व हो ।
महिलाहरु आ–आफ्नो श्रीमानको सुखशान्ति, लामो आयु तथा प्रगतीको कामना गर्दै बिहान ३ बजे देखि निराजल उपवास बसेर राती चन्द्रमाको देखेर पुजाआर्जा गरी उपवास तोड्ने परम्परा रहेको छ ।
यस्तैं अविवाहित नारीहरुले पनि सुन्दर पतीको कामना गर्दै व्रत राख्ने गर्छन । यो पर्व महिलाहरुका लागि विशेष दिन मान्ने गरिएको छ ।
यो पर्व हरितालीका तीज पछिको अर्को पर्व हो, जहा विवाहित महिलाले आफ्नो पतिको दिर्घायुको लागि र अविवाहित महीलाहरुले भविष्यको सुन्दर पती पाउनका लागि उपासना राख्ने गर्दछन ।
हिन्दु धर्म अनुसार महिलाहरु नयाँ लुगा लगाई दिनभरी भोकै बसी श्रीमानको जीवन रक्षा तथा लामो आयूका लागी ब्रत बस्ने र राती चन्द्रमा निस्केपछि करुवा राखी चामलको पिठो ,मिठाईका परिकार,सिन्दुर बाट हिन्दु धर्म अनुसार पुजाआर्जा गर्ने परम्परा रहेका छ भने एकै ठाउँमा भेला भई कथा प्रवचन गर्ने चलन अनुसार पर्व मनाउने चलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्