९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


निर्मला पन्तको न्यायको माग गर्दै इलाममा सडक बहस


0
Shares

इलाम । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायको माग गर्दै इलाममा सडक बहस कार्यक्रम सम्पन्न भएको छ ।

सदरमुकाम लाखुरी चौतारीमा निर्मलाको न्यायको निम्ति सडक बहस कार्यक्रम सम्पन्न भएको हो ।

न्यायको माग गर्दै देखिएका विभिन्न प्लेकार्डसहित उपस्थित नागरिक समक्ष अनियन्ता सावित्री सुवेदीले सरकारको लापरबाहीका कारण दोषीहरु समाजमा खुलेआम हिंड्ने गरेको बबताइन ।

क्वुन इलाम, भरोषा नेपाल, महिला जागरण संघ, युवा समितिलगायत सात वटा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी रहेको सडक बहस आइतबार झापामा गरिने बताइएको छ ।