
पाँचथर । राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १ सय ३४ औ जन्मजयन्ती पाँचथरमा भव्यताका साथ मनाइने भएको छ ।
यही कात्तिक २३ गतेदेखि २५ गतेसम्म विविध कार्यक्रम गरी फाल्गुनन्दको जन्मजयन्ती मनाइने आयोजक मूल समारोह समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।
कार्यक्रमलाई सफल पार्न जिल्लाका विभिन्न १५ वटा संघ संस्थाले सहयोग गरेका छन् ।
कार्यक्रमको मुख्य प्रर्वद्धक फिदिम नगरपालिका रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्