९ भाद्र २०८२, सोमबार | Tue Aug 26 2025


भारतीय परिचयपत्र देखाएर क्यासिनो प्रवेश गरेका एक नेपालीको जुवा खेल्दैगर्दा मृत्यु


0
Shares

काठमाडौं, कार्तिक ९ । भारतीय परिचयपत्र देखाएर राजधानीस्थित क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको अवस्थामा एक नेपाली नागरिकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित रोयल क्यासिनोमा बिहीबार जुवा खेलिरहेको अवस्थामा सिराहा जिल्लाको , शुखोवन गाउँपालिका–३ घर भएका ४० वर्षीय बुद्धिलाल साहको मृत्यु भएको हो ।

जुवा खेलिरहेको अवस्थामा अचानक बेहोस् भएका उनलाई उपचारका लागि मोडेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

काठमाडौं महानगरपालिका–२८, पुतलीसडक बस्दै आएका उनी हरिशंकर नाम गरेको व्यक्तिको भारतीय भोटर कार्ड, भारतीय राजदुताबासको कार्ड र आधार कार्ड प्रयोग गरी क्यासिनोमा प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ ।

नेपालका क्यासिनोमा नेपालीलाई जुवा खेल्न प्रतिबन्ध लगाइए पनि नक्कली परिचपत्र देखाएर उनी क्यासिनो प्रवेश गरेको पाइएको हो ।