९ भाद्र २०८२, सोमबार | Tue Aug 26 2025


मध्यरात घरमा आगलागी हुँदा दुई जनाको मृत्यु


0
Shares

दोलखा, कार्तिक ९ । दोलखाको गौरीशंकर गाउँपालिकाको एक घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।

गौरीशंकर गाउँपालिका–९ का गोपाल शेर्पाको घरमा आगो लाग्दा उनकी ८० वर्षकी आमा डालकी र १२ वर्षका छोरा मिङ्माको जलेर मृत्यु भएको हो ।

गएराति साढे २ बजेतिर लागेको आगोमा परेर शेर्पाका १५ वर्षीय अर्का छोरा फूर्साङ घाइते भएका छन् । फूर्साङलाई उपचारका लागि चरिकोट पठाइएको प्रहरीले जनाएको छ ।