११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


रसुवागढीमा नेपालको राष्ट्रिय झण्डा फहराइयो


0
Shares

रसुवा, कार्तिक ५ । चीनसँगको व्यापारिक नाका रहेको रसुवाको रसुवागढीमा नेपालको राष्ट्रिय झण्डा प्रतिस्थापन गरिएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले रसुवागढीको परम्परागत शैलीलाई कायम राख्दै राष्ट्रिय झण्डा प्रतिस्थापन गरेको हो ।

२८ फिट अग्लो झण्डा स्थापना गरेपछि टाढैबाट स्पष्ट देख्न सकिने भएको छ । अन्तर्राष्ट्रिय नाकामा राष्ट्रिय झण्डा र शिलालेख प्रतिस्थापन गरिएबाट रसुवागढीको संरक्षण र संवर्द्धनमा महत्वपुर्ण कदम भएको गोसाँईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।

१९१२ सालमा नेपाल र चीनबीचको युद्धमा आफ्नो सुरक्षार्थ नेपाली सेनाले यो गढी निर्माण गरेको थियो ।