Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


नेपाली सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ (भिडियो)


390
Shares

काठमाडौं, असोज ३० । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ ।

मंगलबार नेपाली सेनाको विशेष टोलीले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको हो ।

फूलपाती बढाइँ अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सभामुख कृष्णबहादुर महरासहित मन्त्री, उच्च सरकारी अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायत टुँडिखेल पुगेका थिए ।

बढाइँकाक्रममा नेपाली सेनाले विभिन्न कला, कवाज प्रस्तुत् गरेको थियो ।

नेपाली सेनाले हरेक वर्ष फूलपातीका दिन बढाइँ गर्दै आएको छ ।

भिडियो हेर्नुहोस्