
काठमाडौं, असोज २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने वैज्ञानिकहरुले ठूलो राजनीतिक मुद्दा बोकेको आरोप लगाएका छन् ।
अमेरिकी टेलिभिजन ‘सीबीएस’सितको कुराकानीमा उनले पृथ्वीको तापमान बढ्नुमा मानिस जिम्मेवार रहेकामा पनि आशंका व्यक्त गरे ।
राष्ट्रपति ट्रम्पले लाखौं रोजगारी गुमाउन नचाहेको भन्दै यस क्षेत्रमा ठूलो रकम खर्चने चाहनासमेत नरहेको बताए ।
राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनको आतंक लामो समय नरहने विश्वास व्यक्त गरे ।
वैज्ञानिकहरुले बढ्दो तापमान रोक्न सार्वजनिक गरेको आह्वानको एक हप्ताभन्दा कम समयमा उनको यस्तो भनाइ आएको हो ।
मानवीय व्यवहारका कारण जलवायु परिवर्तन भएकामा विश्वका अग्रणी वैज्ञानिकहरु एकमत छन् ।
गत हप्ता जलवायु परिवर्तनमा अन्तरसरकारी प्यानल नामक संस्थाको एक रिपोर्टले विश्वको तापमान ३ डिग्रीले बढ्न लागिरहेको भन्दै चेतावनी दिएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्