
काठमाडौं । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले पदबाट राजीनामा दिएकी छन् ।
साउथ क्यारोलिनाकी पूर्व गभर्नरसमेत रहीसकेकी हेलीको राजीनामाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आश्चर्यजनिक तुल्याएको छ ।
राष्ट्रपति ट्रम्पले उनको राजीनामा स्वीकार गरेका छन् । ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आगामी दुई–तीन साताभित्रै हेलीको स्थानमा अर्को व्यक्ति पठाइने जानकारी दिए ।
उनले निकी हेलीसँग पुनः काम गर्न चाहेको र यसका लागि जुनसुकै पद पनि छान्न सकिने बताए ।
ट्रम्प प्रशासनले हेलीलाई सन् २०१७ को जनवरीमा संयुक्त राष्ट्र संघका लागि राजदूत बनाएको थियो ।
४६ वर्षीया हेलीले राजीनामा दिनुपर्नाको कुनै कारण खुलाएकी छैनन् ।
उनले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनको तयारीका लागि राजीनामा दिएको हुनसक्ने आंकलन गरिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्