Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


रवि लामिछानेको प्रतिबद्धता– ‘कर्णालीले एक भोट नदिए पनि विकास प्राथमिकतामा रहन्छ’


0
Shares

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले कर्णालीमा आफ्नो पार्टीको उपस्थिति कमजोर भएपनि विकास प्राथमिकता राख्ने बताउनुभएको छ।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उम्मेदवारलाई जिताएर संसद् लैजाने हकमा कर्णालीमा पछाडि परेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हाम्रो आवाज कर्णालीको दूरदराजमा पुग्न सकेन, पुर्याउन सकेनौँ। र कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरू प्रदेशको तुलनामा कमजोर हुने भयो। तर सिङ्गो कर्णालीलाई वाचा गर्न चाहन्छु हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ।’

रास्वपा सरकारमा रहुन्जेलसम्म कर्णालीले एक भोट नदिएपनि रास्वपाको प्राथमिकतामा रहने बताउनुभयो।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौँ। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ, हाम्रा मान्छेलाई जितायो भने पुल बन्छ, बाटो बन्छ, घरघरमा विकासको स्वाद चाख्न पाइन्छ भनेर हामी कर्णालीसँग कुनै सौदाबाजी गर्न आएका होइनौँ। हामी त चोखो मन बोकेर यहाँका मुद्दालाई केन्द्रमा लिएर जाने प्रतिबद्धताका साथ आएका छौँ’ लामिछानेले भन्नुभयो ।

राजनीति चुनावका लागि गर्ने विषय नभएको बताउनुभयो।