Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


एक्स्ट्रिमको विन्टर अफरः क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने मौका


0
Shares

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई लक्षित गर्दै उपभोक्ताका लागि ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । नयाँ पाँच स्वाद बजारमा ल्याएको अवसरमा कम्पनीले यो विशेष योजना सञ्चालनमा ल्याएको हो ।

योजनाअन्तर्गत एक्स्ट्रिमका क्लासिकसहित पाँचवटै स्वादका क्यान खरिद गर्ने उपभोक्ताले सुनको क्यान जित्ने अवसर पाउनेछन् । यसका लागि छ जना भाग्यशाली विजेता छनोट गरिने कम्पनीले जनाएको छ ।

अफरमा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिमको कुनै पनि स्वादको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ । त्यसपछि उनीहरू स्वतः उपहार योजनामा सहभागी हुनेछन् ।

कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र गरी विजेता घोषणा गरिनेछ ।

नयाँ स्वादसँगै ल्याइएको यस योजनाले उपभोक्तालाई उत्पादनको स्वाद लिनुका साथै आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।