काठमाडौं । साउदी अरबको राजधानी रियादमा भएको क्षेप्यास्त्र आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते भएका छन् । यमनका हुथी विद्रोहीले रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरलाई लक्षित गरी गरेको आक्रमणमा उनीहरू घाइते भएका हुन् ।
साउदी सरकारले घटनामा तीन नेपाली, दुई साउदी, दुई भारतीय र चार इजिप्टका नागरिक घाइते भएको पुष्टि गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार घाइते सबैलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । यद्यपि, घाइते नेपालीसहित अन्य नागरिकको पहिचान सार्वजनिक गरिएको छैन ।
हुथी विद्रोहीले एक साताभित्रै उक्त टावरलाई दोस्रो पटक निशाना बनाएका हुन् । आक्रमणपछि टावरमा आगलागीसमेत भएको थियो ।
साउदी अरबको सार्वभौम सम्पत्ति कोषको मुख्यालयसमेत रहेको उक्त भवनमाथिको आक्रमणलाई साउदी नेतृत्वको सैन्य गठबन्धनले ‘आतंकवादी हमला’ को संज्ञा दिएको छ ।






प्रतिक्रिया दिनुहोस्