Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

नबराज छत्कुली, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको ज्यान गएको हो ।

दुर्घटनामा डडेल्धुराको अजयमेरु गाउँपालिकाका २८ वर्षीय बरुणप्रसाद भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनापछि टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ का ३३ वर्षीय गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।