Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किए


0
Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह स्वदेश फर्किनुभएको छ । 

सोमवार साँझ दुई दिने भारतको राजकीय भ्रमण सकेर साह त्रिभूवन अन्तर्राीष्ट्रय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो । भारत भ्रमणका क्रममा साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्नुभयो । भारतीय प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा साहले नेपाल र भारतबीच ऊर्जा, यातायात, प्रविधि र पूर्वाधार विकासलाई केन्द्रमा राखेर सहकार्यका नयाँ परियोजना अघि बढाउनुभएको छ ।

दुई देशबीच विभिन्न आठ क्षेत्रमा समझदारी हुनुका साथै महत्वपूर्ण पूर्वाधार तथा ऊर्जा परियोजनाको उद्घाटन र शिलान्यास समेत भएको छ ।