काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदमा पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। उक्त रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ।
सरकारको निर्णयबाट आफूलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको भन्दै कार्कीले अदालतमा निवेदन दिएका हुन्। प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ को व्यवस्थाविपरीत आफूलाई पदमुक्त गरिएको उनको दाबी छ।
कार्कीले रिटमार्फत आफूलाई पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गर्नुका साथै नयाँ नियुक्त प्रहरी महानिरीक्षकलाई कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्न पनि माग गरेका छन्।
बालेन्द्र शाह नेतृत्वको सरकारले डा। मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। सोही निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्