Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


छठ पर्वका अवसरमा सोमबार पनि सार्वजनिक बिदा


0
Shares

काठमाडौं । छठ पर्वलाई लक्षित गर्दै सरकारले आगामी सोमबार (कात्तिक ३० गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

छठ पर्वको मुख्य विधिअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ भने भोलिपल्ट बिहान उदाउँदो सूर्यको पूजा गरी अर्घ्य दिने परम्परा छ। पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई मध्यनजर गर्दै सरकारले सोमबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक बिदा कायम रहने जानकारी दिएका छन्।

Skip This