Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


खोटाङमा तिहारमा ३०७ चेलीलाई निःशुल्क बाइक सेवा


0
Shares

सविना अछामे, खोटाङ । तिहारमा दिदीबहिनीलाई माइती आउजाउ गर्न सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘दसैं–तिहार, चेलीलाई उपहार’ अभियानबाट ३०७ जना लाभान्वित भएका छन् । आर्थिक अवस्था कमजोर भएका तथा यातायातको सहज पहुँच नभएका चेलीहरूलाई लक्षित गरी अभियानअन्तर्गत निःशुल्क मोटरसाइकल सेवा उपलब्ध गराइएको हो ।

कात्तिक २४ गतेदेखि २६ गतेसम्म तीन दिन सञ्चालन भएको अभियानमार्फत चेलीहरूलाई घरबाट माइती र माइतीबाट घरसम्म पुर्‍याइएको थियो ।

अभियानको सचिवालयकी अन्जना आचार्यका अनुसार पहिलो दिन कात्तिक २४ गते १३८ जनाले सेवा लिएका थिए । त्यसैगरी दोस्रो दिन कात्तिक २५ गते १०१ जना र अन्तिम दिन कात्तिक २६ गते ७० जना चेलीले निःशुल्क बाइक सेवाको सुविधा पाएका थिए ।

आर्थिक अभाव र यातायातको असहजताका कारण चाडपर्वमा माइती पुग्न कठिनाइ भोगिरहेका महिलालाई लक्षित गरेर अभियान सञ्चालन गरिएको संयोजक सञ्जयकुमार राईले जानकारी दिएका छन् ।

तिहारमा दिदीबहिनीलाई माइतीसम्म पुग्न सहज बनाउने र चाडपर्वको खुसीमा सहभागी गराउने उद्देश्यले सुरु गरिएको अभियानले धेरै चेलीलाई राहत पुगेको आयोजकको भनाइ छ ।

Skip This