Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


आजको राशिफल: मेषदेखि मीनसम्म, कुन राशिलाई कस्तो छ फल ?


0
Shares

काठमाडौं ।

मेष: समय शुभ फलदायक छ । राज्यपक्षबाट लाभ, यश–कृति बढ्ने, व्यापारबाट फाइदा होला ।

वृष: समय त्यति अनुकूल देखिँदैन । रोगको भय, कार्यमा बाधा, व्यर्थको खर्च, धन हानि हुन सक्छ ।

मिथुन: दिन उत्तम फलदायक छ । धन लाभ, प्रेममा सफलता, बाहन प्राप्तिको सम्भावना देखिन्छ ।

कर्कट: शुभ समय आएकाले आर्थिक लाभ, प्रतिस्पर्धात्मक क्षेत्रमा विजय, पारिवारिक सुख होला ।

सिंह: दिन उत्तम छ । कार्य सफल, धन लाभ, सुख–सन्तोष, राम्रै कामको शुरुवात हुने देखिन्छ ।

कन्या: दिन त्यति अनुकूल देखिँदैन । पेटमा समस्या, दिनचर्या अस्तव्यस्त हुन सक्छ, सजग रहनुस् ।

तुला: समय शुभ फलदायक छ । आर्थिक लाभ, पराक्रम, पुरस्कार प्राप्तिको सम्भावना देखिन्छ ।

वृश्चिक: शुभ समयले गर्दा धन लाभ, बौद्धिक क्षमता, कूटनीतिक सफलता हुने सम्भावना छ ।

धनु: दिन शुभ भएकाले उत्तम भोजन, भाग्योदय, उपहारादि वस्तु प्राप्ति, कार्य सफल हुने देखिन्छ ।

मकर: समय अनुकूल नभएकाले धन नाश, रोगको भय, विवादमा पर्न सकिन्छ, सजग रहनु बेस ।

कुम्भ: शुभ समयले विविध सेवा वा वस्तुको प्राप्ति, उत्तम भोजन, आर्थिक लाभ हुने देखिन्छ ।

मीन: समय बलवान् छ । सुख–सन्तोष, काममा सफलता, मन प्रफुल्लित, स्वस्थता होला ।

Skip This