Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


नेपाल संवत ११४७ नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाइयो


0
Shares

काठमाडौं । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ को नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाएको छ ।

नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय विभूति शंखधर साख्वाःको शालिकमा माल्यार्पण गर्नुभयो । कार्यक्रममा शंखधर साख्वाःको योगदानको स्मरण गर्दै नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गरिएको थियो । नेपाल संवत् नेपालको मौलिक संवत् हो ।

विभूति शंखधर साख्वाःले ऋणमा डुबेका जनताको ऋणमोचन गरी नयाँ संवत् चलाएको जनविश्वास छ ।

Skip This