काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । दुवै टोलीका लागि आजको खेल अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने महत्वपूर्ण अवसरका रूपमा रहेको छ ।
हालसम्म पाँच खेल खेलेको सुदूरपश्चिमले तीन जित र दुई हारबाट ६ अंक बटुलेको छ । अंकतालिकाको तेस्रो स्थानमा रहेको टोली आजको खेल जित्दै प्लेअफ यात्रालाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ ।
यता, जनकपुर बोल्ट्स पनि पाँच खेलबाट चार अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । तीन खेलमा पराजित भएको जनकपुरले दुई खेलमा जित निकालेको छ । प्लेअफ सम्भावना कायम राख्न जनकपुरलाई पनि आजको खेलमा जित निकाल्नुपर्ने दबाब छ ।









प्रतिक्रिया दिनुहोस्