Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु


0
Shares

काठमाडौं । काठमाडौंको बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा पछाडि सवार एक महिलाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–३ स्थित सडकमा आइतबार दिउँसो कारले स्कुटरलाई ठक्कर दिँदा दोलखा घर भई हाल बसुन्धारामा बस्दै आएकी २७ वर्षीया ङबुदि शेर्पा (श्रेष्ठ) को ज्यान गएको हो।

दिउँसो २ः२० बजे नारायणगोपाल चोकबाट सामाखुसीतर्फ जाँदै गरेको बा.प्र.०१–०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको बा.प्र.०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटरको पछाडि सवार शेर्पा घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि ग्रिनसिटी अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा दिउँसो ३ः१७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

स्कुटर चालक २४ वर्षीय सोमबहादुर धामी भने सामान्य अवस्थामा रहेका छन्।

दुर्घटनामा संलग्न कार चालक ४२ वर्षीया शान्ताकुमारी तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै सवारीसाधन पनि प्रहरीको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Skip This