काठमाडौं । थाइल्याण्डबाट काठमाडौं आएका एक भारतीय नागरिक लागूऔषध थाई गाँजासहित पक्राउ परेका छन्।
थाइल्याण्डबाट नेपाल आएका यात्रुमाथि निगरानी गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो।
थाई एयरवेजको उडान नम्बर TG 319 मार्फत काठमाडौं आएका ३० वर्षीय भारतीय नागरिक जयेश साहेबलाई एक किलो ६०० ग्राम थाई गाँजासहित नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनको साथबाट लागूऔषधबाहेक एक थान राहदानी र एक थान मोबाइल फोनसमेत बरामद गरेको छ।
पक्राउ परेका नागरिकमाथि थप अनुसन्धान भइरहेको छ।









प्रतिक्रिया दिनुहोस्