Logo २१ कार्तिक २०८३, शनिबार | Sat, Nov 7, 2026


कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर संकलन बन्द हुने


0
Shares

काठमाडौं । तिहार पर्वका कारण कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सेवा प्रभावित हुने भएको छ ।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार तिहारको मुख्य दिन परेकाले उक्त दुई दिन फोहोर व्यवस्थापनको काम स्थगित गरिने भएको हो ।

उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बन्चरेडाँडामा कार्यरत कर्मचारीलाई पनि तिहारका अवसरमा बिदा दिइने भएकाले फोहोर व्यवस्थापन प्रभावित हुने उनले जानकारी दिइन् ।

कात्तिक २६ गतेदेखि भने फोहोर व्यवस्थापनको काम पुनः नियमित सञ्चालन हुने विभागले जनाएको छ ।

यस अवधिमा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न र घरमै उचित व्यवस्थापन गर्न विभाग प्रमुख राईले उपत्यकावासीलाई आग्रह गरेकी छन् ।

Skip This