Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा सञ्चालन हुने


104
Shares

काठमाडौं । तिहारको सार्वजनिक बिदाका दिनमा समेत भन्सार कार्यालयमा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन् । मालवस्तुको भन्सार जाँचपास प्रभावित हुन नदिन नेपाल राष्ट्र बैंकले बैंकहरूलाई आवश्यक सेवा सञ्चालनमा राख्न निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै व्यापारिक गतिविधि र वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन बिदाको अवधिमा पनि भन्सार नाकामा बैंकिङ सेवा उपलब्ध गराउन भनेको छ ।

भन्सार जाँचपासका लागि आवश्यक पर्ने बैंकिङ कारोबारमा अवरोध नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस वर्ष कात्तिक २२ देखि २६ गतेसम्म तिहारको सार्वजनिक बिदा रहेको छ । उक्त अवधिभर भन्सार कार्यालयमा रहेका बैंक शाखाबाट आवश्यक सेवा निरन्तर सञ्चालन हुनेछ ।

Skip This