Logo १६ कार्तिक २०८३, सोमबार | Mon, Nov 2, 2026


आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना


104
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा आज हल्का वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात हुन सक्नेछ ।

महाशाखाले दिएको जानकारीअनुसार दिउँसो देशभर आंशिक बदली रहनेछ । यस क्रममा हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । त्यस्तै, लुम्बिनी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

रातिको समयमा हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । तराईका क्षेत्र, उपत्यका र खोँचहरूमा भने बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्नेछ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

Skip This