काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
आज बसेको पार्टी सचिवालय बैठकले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र समाचार कक्षमा प्रहरी प्रवेश गर्ने घटनालाई गलत ठहर गर्दै प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले शुक्रबार भएको घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले रास्वपाले सामाजिक लोकतन्त्र ९सोसल डेमोक्रेसी० लाई आफ्नो राजनीतिक सिद्धान्तका रूपमा आत्मसात् गरेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताप्रति पार्टीको प्रतिबद्धता रहेको दोहोर्याउनुभयो ।









प्रतिक्रिया दिनुहोस्