काठमाडौं ।
मेष: समय शुभ छ । आर्थिक लाभ, इज्जत–प्रतिष्ठा बढ्ने, अधुरा कार्य पूरा हुने देखिन्छ ।
वृष: धन हानि, अनुपलब्धिमूलक खर्च, काममा बाधा हुन सक्छ । सजगता अपनाउनुहोला ।
मिथुन: थोरै मेहनतमा उपहार–कोसेली मिल्ने, पेसाबाट सन्तुष्टि, पैसा लाभ हुन सक्छ ।
कर्कट: दिन शुभ देखिँदैन । रोगव्याधिको भय, कार्यमा बाधा, धन नाश हुन सक्ने देखिन्छ ।
सिंह: धन लाभ, सुख–शान्ति, मीठो भोजन प्राप्ति, साथीभाइबाट सहयोग हुने देखिन्छ ।
कन्या: दिन शुभ भएकाले सानै प्रयासले सफलता, धन प्राप्ति, जोश–जाँगर, स्फूर्ति बढ्नेछ ।
तुला: राजनीतिक असफलता, मान–प्रतिष्ठामा आघात, कार्यमा बाधा हुने सम्भावना छ ।
वृश्चिक: दिन शुभ देखिँदैन । बाधा, स्वास्थ्य समस्या, नोक्सानी हुन सक्छ, सजग रहनु बेस ।
धनु: समय शुभ छ । सानै मेहनत गर्दा पनि धन लाभ, पढाइमा सफलता, सम्मान हुने देखिन्छ ।
मकर: समय शुभ छ । परीक्षा, प्रतियोगितात्मक प्रतिस्पर्धामा विजय, आर्थिक लाभ हुन सक्छ ।
कुम्भ: दिन अनुकूल देखिँदैन । स्वास्थ्य समस्या, विवाद हुन सक्ने भएकाले सजग रहनुहोला ।
मीन: दिन शुभ देखिँदैन । व्यर्थमा खर्च, दौडधूप, दिनचर्या अस्तव्यस्त हुने सम्भावना छ ।









प्रतिक्रिया दिनुहोस्