काठमाडौं । बाढी –पहिरो प्रभावित क्षेत्रमा राहत र पुनस्थापनाको काम अघि बढाउन विपद्का कारण विस्थापित भएका प्रहरी चौकीहरूको पुनःस्थापना कार्यलाई तीब्र बनाइएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संसदीय बिशेष समितिको बैठकमा दैनिक सुरक्षा र उद्धारलाई प्रभावकारी बनाउन स्थानीयस्तरमै प्रहरीको स्थायी उपस्थिति बढाउने काम भैरहेको बताउनुभएको हो ।
प्रहरी युनिट पुनस्थापनापछि शान्ति सुरक्षा, अमनचयन कायम राख्न तथा विपदमा बेपत्ता नागरिकहरूको खोजी कार्यलाई निरन्तरता दिन सहज हुने कार्कीले बताउनुभयो । केही स्थानमा प्रहरी युनिट पूर्नस्थापित गरिएको र केही स्थानमा स्थायी संरचना निर्माणका लागि उपयुक्त जग्गा पहिचान गर्न अझै चुनौती रहेको महानिरीक्षक कार्कीले बताउनुभयो ।
नेपाल प्रहरी महानिरीक्षक दानबहादुर काकीले बेपत्ता भएका व्यक्तिहरूको खोजतलास नियमित रूपमा जारी राखिएको भन्दै उहाँले जमिनमुनि करिव डेढ मिटरसम्म रहेका शव पहिचान गर्नसक्ने आधुनिक उपकरणको अभाव हुँदा उद्धार टोलीले परम्पराग उपायहरूकै भर पर्नुपरेको बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्