Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


मंसिरमा शहीद मुक्सन स्मृति भलिबल प्रतियोगिता हुने


0
Shares

सविना अछामे, खोटाङ । आगामी मङ्सिरको अन्तिमसाता खोटाङमा ‘शहीद मुक्सन किराँत स्मृति जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

शहीद मुक्सन किराँत स्मृति केन्द्र खोटाङको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङस्थित शहीद स्मारक स्थलमा मङ्सिर २५ गतेदेखि खुला जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा विजेताले एक लाख र उपविजेताले ६० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने बिहीबार दिक्तेलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । प्रतियोगिताका संयोजक जितेन्द्र राईका अनुसार विद्यागत खेलाडीहरू समेत नगद सहित पुरस्कृत गरिने छ ।

यस अन्तरगत सर्वोत्कृष्ट हुनेलाई नगद तीन हजार तथा उत्कृष्ट लिबेरो, उत्कृष्ट मिडल ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भरलाई जनही दुई-दुई हजार प्रदान गरिने राईले जानकारी दिनुभयाे ।

शहीद किराँतको स्मृति र योगदानलाई जीवन्त राख्दै खोटाङ जिल्लामा भलिबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्मृति केन्द्रका अध्यक्ष बबि चाम्लिङले बताउनुभयाे ।

Skip This