Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते


26
Shares

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित धारापानीमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।

आज बिहान ८:४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन्।

दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको छ।

घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ।

Skip This