Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


ट्रकले बसलाई ठक्कर दिँदा २४ जनाको मृत्यु, २४ यात्रु घाइते


3.9k
Shares

एजेन्सी ।
अफ्रिकी देश केन्यामा भएको सडक दुर्घटनामा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

देशको राजधानी नैरोबीलाई तटीय शहर मोम्बासासँग जोड्ने मुख्य राजमार्गमा ट्रकले बसलाई पछाडीबाट ठक्कर दिंदा भएको दुर्घटनामा अन्य २४ यात्रु घाइते भएको विभिन्न संचारमाध्यमले जनाएका छन् ।

ट्रकले गुडिरहेको बसलाई ओभरटेक गर्न खोज्दा बससंग ट्रक ठोक्किएर बस पल्टिएको थियो । स्थानिय अधिकारीहरुका अनुसार पश्चिमी केन्यामा एक पादरीको अंन्तिम संस्कार सकाएर मोम्बासा फर्किरहेको बस तीब्रगतिको ट्रकसंग जुध्दा दुर्घटना भएको हो ।

घटनास्थलमै १७ जनाको ज्यान गएको थियो भने अन्यको अस्पतालमा मृत्यु भएको हो । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केन्यामा हरेक बर्ष २० हजार सडक दुर्घटनामा ५० हजार बढीले ज्यान गुमाउने गरेको तथ्यांक छ ।

Skip This